Recent

Home / Recent

लकार्पण जनरव फिराद “Janarav Firad” 22 July 2024

भुटानको राजदरबार वा उसकाे सरकाले गरेका ‘मानवजाति प्रतिकूल’ दुष्र्कीतिहरु ढाक्छोप् गर्नकोलागि कुटनीतिक व्यक्तिहरु तथा कृतध्न पात्रहरुले लेखेको इतिहास सत्य हुदैंनन् । यस्ता तथ्यहीन् झुटाे इतिहासले भुटानकाे मान् मयार्दा, गरिमा र छविलाई धमिल्याउने छ अनि विश्व जनसमुदायलाई भुटान बारे गलत सन्देश दिनेछ । विश्वका इतिहासविद्हरु तथा भुटानको इतिहास लेख्नेहरुले भुटानमा भएका हाम्रा पुर्खाहरुका समाधिहरुको उमेरको इतिहास पनि लेख्न नभुल्नुहोला । सबै तह र क्षेत्रका लेखकहरुले सत्यलाई नढाकीकन भुटानमा घटिरहेका विषयहरुलाई गम्भीर रुपमा ध्यान दिएर लेख्नुपर्नेछ । इतिहास सत्य र सबैलाई समेटिएको हुनुपर्छ । जनरव फिराद नामक किताबमा थोरै भएतापनि सत्यमा आधारित इतिहास लेखिएको छ । यहाँ मैले यथासम्भव भुटानीहरुको सत्य इतिहास लेखिरहेको छु । देशविहिन भएदेखि असङ्ख्य पीड़ा सहेर जीवन विताएको धेरै भयो । देश फर्कन सकेको छैन । मेरो इमान्दारिता, स्वच्छता र देशभक्ति जतिनै उच्च भएपनि मैले देशबाट न्याय पाउने अवस्था छैन राजदरबार र उस्को सरकारले जे चाहान्छ त्यही मात्र न्यायिक ठहरिन्छ । म एक साधारण नागरिक हुँ कमजोर छु सरकारसगं लड्नसक्ने भाैतिक शक्ति मसगं छैन । देशको न्यायलय, कानुन, प्रजातंन्त्र र मानव-अधिकारको परिधिभित्र भरोसा गरी निष्फिक्री सभा र आवाज उठाउन पनि भुटानीहरु सुरक्षित् छैनन् । जनतालाई न्यायदिन भनी प्रचलनमा ल्याइएका न्यायपालिका, प्रजातंन्त्र र मानव-अधिकारका सस्थांहरु स्वतंन्त्र छैनन् । देशबाट लखेटिएको दिनदेखि बहु-डायस्पोरिक परिस्थितिहरुमा आफ्नो पहिचानसगं जिउने प्रयासमा छु । विद्यमान विषयलाई मुल्यगत महत्वको आधारमा समेट्ने गरी यो बृत्तान्त लेखिरहेको छु । भुटानीहरु विभिन्न देशहरुमा छन् । जहाँ भएपनि देशको मान्-सम्मान, पहिचान् र आदर्शहरु भुटानको माटो र पुर्खादेवसँगको आत्मीय सम्बन्धको इतिहास जातिको अस्तित्व जीवनमा प्राण रहुंन्जेल बिर्सने छैनन् भन्ने विश्वास छ । *****